१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ
सांकेतिक तस्बिर
काठमाडौं। काठमाडौंको ठमेल पुगेकी एक किशोरीलाई ललितपुर पुर्याएर बलात्कार गरेको आरोप एक पुरुष पक्राउ परेका छन्।
दुई साता अघि ठमेलस्थित एलओडी क्लबपुगेकी १५ वर्षीया किशोरीलाई ललितपुरका ५० वर्षीय पुरुषले बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्।
स्थायी घर पोखरा भएका तर ललितपुर बस्दै आएका सुदनबहादुर कोइराला बलात्कर अभियोगमा पक्राउ परेको ललितपुर प्रहरीका प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए।
उनका अनुसार उदयपुर स्थायी घर भई कोटेश्वर बस्दै आएकी १५ वर्षीया बालिकालाई एलओडी क्लबबाट ललितपुरको बागडोल पुर्याएर बलात्कार गरिएको थियो।
कोइरालाले जेठको अन्तिम साता एलओडी क्लबबाट आफ्नै गाडीमा राखेर बागडोल पुर्याएर बलात्कार गरेका थिए।
बागडोलमा कोइरालाको अफिस थियो। सोही कार्यालयमा लगेर उनले बालिकालाई बलात्कार गरेको उजुरी परेपछि उनलाई पक्राउ गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment