गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखला

डिसी नेपाल
२३ असार २०८० १९:३६
644
Shares

काठमाडौं। गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखला लाग्ने गरेको एक अध्ययनले देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र लिड्स नेपालले गरेको अध्ययनमा खाना पकाउँदा दाउरा प्रयोग गर्नेभन्दा गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा ३० प्रतिशत बढी झाडापखला लाग्ने देखिएको हो ।

परिषद् र लिड्स नेपालले काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका, धुलिखेल नगरपालिका र भुम्लु गाउँपालिकामा पाँच वर्षमुनिका बालबालिकामा गरिएको अध्ययनमा गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखला लाग्ने गरेको पाइएको हो ।

गोबर ग्यास प्रयोग गर्ने आमाले बच्चालाई दूध खुवाउँदा सरसफाइ नगर्ने, गोबर प्रयोगपछि साबुन पानीले राम्ररी हात नधुने, लुगा परिवर्तन नगर्ने जस्ता कारणले बालबालिकालाई झाडापखाला बढी लाग्ने गरेको अनुसन्धानमा संलग्न धीरज पोखरेलले जानकारी दिए।

उनका अनुसार गोबरमा रहेको जीवाणुले नै बालबालिकालाई झाडापखला लाग्ने र झाडापखालका कारणले बालबालिकाको वृद्धि विकासमा असर पर्ने बताए । झाडापखलाका कारण बालबालिकामा पुड्कोपनाको समस्या देखिन्छ । उक्त अध्ययनमा पाँच सय ५० बालबालिकामा गरिएको थियो ।

ती बालबालिकामध्ये ५० प्रतिशत गोबर ग्यास प्रयोगकर्ता परिवारका र ५० प्रतिशत दाउरा प्रयोग गर्ने परिवारका बालबालिका थिए । दुई वर्षमा गरिएको अध्ययनमा बालबालिकालाई के कस्ता खानेकुरा आएको, किन ज्वरो आएको जस्ता कुरा सोधिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *