फुङलिङमा एक महिलाको शव फेला

डिसी नेपाल
२४ असार २०८० २२:४०
316
Shares

ताप्लेजङ । फुङलिङ नगरपालिकामा एक महिलाको शव फेला परेको छ। वडा नम्बर(७ की ४४ वर्षीय धनकुमारी लिम्बू मृत फेला परेको प्रहरीको भनाइ छ।

फुङलिङ नगरपालिका–३ स्थित सशस्त्र प्रहरीको चेक प्वाइण्ट छेउमा सडकबाट १० फिट तल झरेको अवस्थामा लिम्बूको शव भेटिएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *