बझाङमा एक महिलाको शव फेला
बझाङ । बझाङमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
जिल्लाको थलार गाउँपालिका–१ र केदारस्युँ गाउँपालिका–१ को सेती नदीको बिच भागको टापुमा नामथर, वतन नखुलेकि अन्दाजी ४० वर्षीय महिला मृत अवस्थामा सोमबार फेला पारेको बझाङ प्रहरीले जनाएको छ ।
घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय बझाङले थप अनुसन्धान गरिरहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment