साइकल चालकमाथि कुटपिट गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ

डिसी नेपाल
२६ असार २०८० १३:३९
11.7k
Shares

विराटनगर। साइकल चालकमाथि कुटपिट गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

मोरङ विराटनगर–४ दुधफारमस्थित कोशी राजमार्गमा साइकल चालक विराटनगर–६ बस्ने २७ वर्षीय पवन साहलाई कुटपिट गरेको आरोपमा १९ वर्षीय आयुष भेटुवाल पक्राउ गरेको प्रहरीले जनाएको छ।

बा. १५ च ३४४५ नम्बरको कारमा सवार आयुषसहित कुशल भेटुवाल र रोशन कार्कीले साहमाथि कुटपिट गरेको आरोप लागेको छ। कारबाट झरेर साहमाथि मुक्का प्रहार गर्दै घिसारेर घाइते बनाएको उनीहरुमाथि आरोप छ।

आरोपितमध्ये आयुषलाई पक्राउ गरिएको र दुईजना फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ। उनीहरु विरुद्ध ज्यान मार्ने उद्योगमा म्याद थप भई कानुनी कारबाही अगाडिड बढाइएको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *