अवैध रूपमा विदेश लैजान लागेको अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ

डिसी नेपाल
२७ असार २०८० १३:२१
108
Shares

काठमाडौँ। अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित एक भारतीय नागरिक पक्राउ परेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक २१ वर्षीय शिवम कुमार सैनी रहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १ सय दरको ९० थानसहित सैनीलाई प्रहरीले पक्राउ गरेको हो।

एयर ईन्डियाको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा शरीर तलासी गर्ने क्रममा उनको साथबाट उक्त अमेरिकी डलर फेला परेको हो। उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *