नर्भिकले भित्र्यायो थप ३ अनुभवी चिकित्सकलाई, कसरी लिने सेवा ?

डिसी नेपाल
३ भदौ २०८० १०:१३
552
Shares

काठमाडौं। थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरु भित्रिएका छन्।

एक न्यूरोलोजिष्ट, एक न्यूरो सर्जन र अर्का एक कार्डियोलोजिष्ट गरी थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरुलाई नर्भिकले भित्र्याएको हो।

नर्भिकमा पछिल्लो समय विभिन्न अनुभवी विशेषज्ञ चिकित्सकहरु भित्रिने क्रम बढिरहेको छ।

सो क्रममा पछिल्लो समय कन्सलट्यान्ट न्यूरोलोजिष्ट डा. निरञ्जन आचार्य, कन्सलट्यान्ट न्यूरोसर्जन डा. पवनबहादुर भण्डारी र कन्सलट्यान्ट कार्डियोलोजिष्ट डा. पराग कार्की भित्रिएका अस्पतालले जनाएको छ।

डा. आचार्यले नर्भिकमा प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म बिहान ७ः३० बजेदेखि ९ बजेसम्म ओपिडी सेवा सञ्चालन गर्नेछन्।

यस्तै, डा. कार्कीको प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म बिहान ७ः३० बजेदेखि ८ः४५ सम्म नर्भिकमा ओपिडी हुनेछ भने डा. भण्डारी आइतबारदेखि शुक्रबारसम्म बिहान ७ः४५ देखि ८ः४५ बजेसम्म नर्भिकको ओपिडीमा उपलब्ध हुनेछन्।

थप तीन चिकित्सकको आगमनले नर्भिकको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको अभियानमा सहयोग पुग्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *