ग्यास चुहिएर आगलागी हुँदा रापेछापमा वृद्ध दम्पती घाइते
रामेछाप । ग्यास चुहिएर भएको आगलागीमा परी रामेछापमा एक वृद्ध दम्पती घाइते भएका छन्।
रामेछापको मन्थली नगरपालिका–११ गेलुमा शनिबार भएको घटनामा घाइते हुनेमा ७८ वर्षीय जनक श्रेष्ठ र उनकी श्रीमती ७८ वर्षीया मोतीमाया श्रेष्ठ रहेका छन्।
घाइते दुवैलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। आगलागीले घरमा क्षति पुगेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment