आइतबारदेखि सम्पर्कविहीन भएका नेपाली सेनाका सेनानी विमल पण्डित अझै बेपत्ता
काठमाडौं। आइतबार अपरान्हदेखि सम्पर्कविहीन भएका नेपाली सेनाका डोल्पाका गुल्मपति विमल पण्डित अझै सम्पर्कमा आएका छैनन्।
गुल्मपति पण्डित आइतबार अपरान्ह चार बजेर ५५ मिनेटपछि सम्पर्कविहीन भएको नेपाली सेनाले जनाएको छ। एक जना सहयोगीसहित हिँडेका पण्डितको मोबाइल अफ रहेको र उनको खोजी कार्य जारी रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
‘उहाँ (पण्डित) अस्ति चार बजेर ५५ मिनेट पछि सम्पर्कविहीन हुनु भएको छ। उहाँको खोजी कार्य जारी छ,’ प्रवक्ता सहायकरथी भण्डारीले डिसी नेपालसँग भने, ‘अहिले फेला पर्नु भएको छैन।’
भण्डारीका अनुसार पण्डित डोल्पाको त्रिपुरासम्म पुगेपछि मोबाइल अफ भएपछि उनीसँगको सम्पर्क टुटेको हो।
सेनानी पण्डित आइतबार अपराह्न इभिइनिङ वाकमा जाने भन्दै ब्यारेकबाट निस्किएका थिए। उनले आफूसँग गएका आफ्ना सुरक्षा गार्डलाई बीचबाटै फर्काइदिएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment