लुटिएको सुनको मुन्द्रासहित दुईजना पक्राउ

डिसी नेपाल
१५ भदौ २०८० १४:४९
236
Shares

काठमाडौं। लुटिएको करिब आधा तोला सुनको मुन्द्रा २ थानसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-१३ घर भएका २४ राजन लामा र उदयपुर घर भएका २२ वर्षीय अमिष भुजेल रहेका   छन्।

चन्द्रागिरि नगरपालिका-१५ तीनथाना डेरा गरी बस्ने धादिङ नौबिसे घर भएका २६ वर्षीय पुरूषले कानमा लगाएको उक्त मुन्द्रा ढुङ्गेअड्डास्थित सडकबाट लुटिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट तत्काल खटिएको प्रहरीले उनीहरुलाई उक्त मुन्द्रासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *