फुपूको घर जाँदा अलपत्र परेकी बालिका बलात्कृत
सांकेतिक तस्वीर
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा अलपत्र परेकी एक बालिका बलात्कृत भएकी छन्।
अछामको पञ्चदेवल विनायक नगरपालिका–३ का सुरेन्द्रबहादुर शाहीलाई प्रहरीले बलात्कार आरोपमा बुधबार पक्राउ गरेको छ। उनीमाथि दैलेखको एक गाउँकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ। प्रहरीले अनुसन्धान प्रयोजनका लागि ती बालिकाको नाम ‘६४ वीरेन्द्रनगर’ राखेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी (प्रहरी नायव उपरीक्षक) लक्ष्मण शाहीले अलपत्र परेकी बालिका देखेपछि सुरेन्द्रबहादुरले बलात्कार गर्ने र मारिदिने योजना बनाएको अनुसन्धानबाट खुलेको बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment