काठमाडौं र ललितपुरका केही ठाउँमा आज ८ घण्टा विद्युत सेवा बन्द हुने

डिसी नेपाल
१६ भदौ २०८० ८:०७
916
Shares

काठमाडौं। आज काठमाडौं र ललितपुरको केन्द्र भागमा आज दिउँसो विद्युत आपूर्ति सेवा बन्द हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणले ललितपुरसहित काठमाडौंमा आज दिनभर नै विद्युत कटौती गर्ने भएपछि काठमाडौंको केन्द्र भागमा त्यसको असर पर्ने भएको हो।

प्राधिकरणका अनुसार आज शनिबार साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुन सक्नेछ। टेकु सबस्टेसनको स्तरोन्नती गरी टेकु-स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य गरिने भएकोले रत्नपार्कसहितका वितरण केन्द्रवाट हुने विद्युत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ।

काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *