आजको मौसम : यी चार प्रदेशमा वर्षाकाे संभावना

डिसी नेपाल
१७ भदौ २०८० ६:३६
528
Shares

काठमाडौं। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतिर अवस्थित छ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आज देशका चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज दिउँसो मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा लगायत बाँकी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *