रसुवाबाट एक किलो सुनसहित महिला पक्राउ

डिसी नेपाल
१७ भदौ २०८० ८:१६
972
Shares

रसुवा। चीनको केरुङबाट रसुवागढी नाका हुँदै ल्याईएको एक किलो सुनसहित एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा गोसाईकुण्ड गा.पा- वडा नम्बर ३ बस्ने ४१ बर्षीया पाछेमु तामाङ (गुरुङ) रहेको रसुवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास बुढाथोकीले जानकारी दिए।

नेपाल-चीन सिमानामा पर्ने रसुवागढीस्थित मितेरी पुलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रसुवा भन्सार कार्यालयको संयुक्त चेकिङ टोलीले नियमित चेकजाँचको क्रममा उनीलाई एक किलो सुनसहित नियन्त्रणमा लिएको डिएसपी बुढाथोकीले बताए।

लुकाई छिपाई चारवटा टुक्रा पारी ल्याएको अन्दाजी एक केजी सुन चीनबाट नेपालतर्फ पैदल आउँदै गर्दा मितेरी पुलबाटै बरामद गरिएको हो। बरामद सामानसहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *