कर्णाली नदीमा डुंगा पल्टियो, एक जना बेपत्ता
दैलेख। दैलेखमा कर्णाली नदी तर्ने क्रममा मानव सवार डुंगा पल्टिँदा एक जना बेपत्ता भएका छन्।
डुंगा पल्टिँदा चामुन्डाबिन्द्रासैनी नगरपालिका–७ का १६ वर्षीय शिव शाही नदीमा खसेर बेपत्ता भएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ।
आठबीस नगरपालिका–१ रामघाट नजिकबाट अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थान पुग्न नदी तर्न चढेको डुंगा पल्टिँदा डुंगामा सवार शाही बेपत्ता भएको र उनको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment