दृष्टिविहीन बालिका बलात्कृत,  एक जना पक्राउ

डिसी नेपाल
१७ भदौ २०८० २०:३८
716
Shares

दाङ। दाङमा एक दृष्टिविहीन बालिका बलात्कृत भएकी छन्। राप्ती गाउँपालिका-२  लालमटियामा रहेको आदर्श नमूना विद्यालयमा अध्ययनरत वर्ष १३ की एक दृष्टिविहीन बालिका बलात्कृत भएकी हुन्।

बलात्कार आरोपमा इलाका प्रहरी कार्यालय भालुबाङले सोही विद्यालयमा कार्यरत कार्यालय सहयोगी तथा स्कुल बसका सहचालक गढवा गाउँपालिका-१ का ४५ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको छ।

उनलाई आइतबार बिहान करिब ८ बजे विद्यालयबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ।

भदौ ४ गते उनले बालिकामाथि बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। ५ वर्षदेखि सोही विद्यालयको होस्टेलमा बस्दै आएकी बालिकालाई भान्सा कोठामा लगेर खनालले बलात्कार गरेको प्रहरीले जनाएको छ।

पीडित बालिकाले आजै इलाका प्रहरी कार्यालय भालुबाङमा उजुरी दिएपछि आरोपित खनाललाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। उनलाई म्याद थपका लागि दाङ जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *