विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका कर्मचारी अख्तियारको नियन्त्रणमा

डिसी नेपाल
१९ भदौ २०८० २३:०५
740
Shares

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवामा रहेको नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीले मङ्गलबार नियन्त्रणमा लिएको छ ।

विद्युत् प्राधिकरणबाट उद्योगमा विद्युत् क्षमता वृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुसररिसवत माग गरेको भनी गोप्य सूचनाका आधारमा अख्तियारको इटहरीबाट खटिएको टोलीले रु २५ हजारसहित पक्राउ गरेको अख्तियारका केन्द्रिय प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्राधिकरणबाट उद्योगमा विद्युत् क्षमता वृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुसररिसवत लिएको अवस्थामा पक्राउ गरिएको उनले जानकारी दिए ।

मेहतालाई इनरुवा नगरपालिका–३ मा रहेको एक होलमा घुस रकम लिइरहेको अवस्थामा रु २५ हजारसहित रङ्गेहात पक्राउ गरिएको प्रवक्ता दाहालले जनकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *