वनकालीको पार्किङ ठेक्का रद्द गर्ने पशुपति क्षेत्र विकास कोषको निर्णय

डिसी नेपाल
२१ भदौ २०८० १४:०५
396
Shares

काठमाडौं। पशुपति क्षेत्र विकास कोषले वनकाली पार्किङको ठेक्का रद्द गर्ने निर्णय गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बिहीबार बसेको विकास कोषको बैठकले पशुपति क्षेत्रअन्तर्गत वनकाली ओरालो क्षेत्रमा रहेको पार्किङ तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रा।लिले सम्झौता पालान नगरेको भन्दै ठेक्का रद्द गर्ने निर्णय गरेको हो ।

कोषलाई बुझाउनुपर्ने बक्यौता पनि भुक्तानी नगरेको कोषले जनाएको छ । कोषका अनुसार सम्झौताअनुसार ठेक्का पाएको उक्त कम्पनीले मासिक ४ लाख ८३ हजार ३३ क्षेत्र विकास कोषलाई भुक्तानी गर्नुपर्नेमा लामो समयसम्म बक्यौता भुक्तानी गरेको छैन ।

कोष बैठकले एक महिनाभित्र बक्यौता उठाउने र ठेक्का पनि रद्द गर्ने निर्णय गरेको हो । ठेकेदार कम्पनी तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रा।लि।को बैंक ग्यारेन्टीसमेत जफत गर्ने निर्णय गरिएको छ । कोषलाई कम्पनीले ३४ लाख ७४ हजार ११९ रुपैयाँ बुझाउन बाँकी रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *