६० किलो सुन तस्करी प्रकरण : थप एक जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले थप एक जना पक्राउ गरेको छ। बिहीबार साँझ बाराबाट शिव कुमार सफरलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो।
प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले सफर पक्राउ परेको पुष्टि गरेका छन्। गत साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको संख्या २७ पुगेको छ।
हालसम्म विभाग र प्रहरीले गरी २७ जना पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रामकुमार भुजेल, दिलिप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली-नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ, गणेश पौडेल, किशोर बस्नेत र सुमन खरेल र शिव कुमार सफर रहेका छन्।
त्यसमध्ये रुक्मिनी सुब्बलाई विरामीका कारण हाजिर जमानीमा छाडिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment