निजामति सेवा दिवसको अवसरमा राहदानी विभागका उपसचिव डा.पौडेल पुरष्कृत
काठमाडौं। सरकारले निजामति सेवा दिवसको अवसरमा ४० जना कर्मचारीलाई पुरष्कृत गरेको छ।
यस वर्ष राहदानी विभागका उपसचिव डा.डमरुबल्लभ पौडेललाई निजामति सेवा पुरस्कारबाट पुरष्कृत गरिएको छ ।
२० औं निजामति दिवसको अवसरमा पौडेलसहित ३० जना कर्मचारीलाई निजामति सेवा पुरस्कार र १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कारबाट पुरष्कृत गरिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा कर्मचारीहरुलाई पुरस्कारसहित सम्मान गरेका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिने निर्णय गरेको थियो ।
निजामती सेवा दिवस मनाउन २०६१ सालबाट सुरु गरिएदेखि नै निजामती सेवा पुरस्कार वितरण गर्न थालिएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment