प्रहरी महानिरीक्षक कुवँर नेतृत्वमा प्रहरी अधिकारीहरू काेरिया जाने

डिसी नेपाल
२३ भदौ २०८० ७:२९
176
Shares

काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन्। प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वमा उच्च प्रहरी अधिकारीसहित कोरिया भ्रमणमा जान लागेका हुन्।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को निमन्त्रणामा प्रहरी टोली साइबर सुरक्षाको विषयमा बुझ्न साताव्यापी भ्रमणमा जान लागेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

महानिरीक्षक कुवँर नेतृत्वको टोलीमा एआइजीद्वय टेकप्रसाद राई र मीरा चौधरी, डिआइजीद्वय विकाराज खनाल र फणिन्द्र बराल, एसएसपीद्वय भूपेन्द्रबहादुर खत्री र नवीन्द्र अर्याल रहने जनाइएको छ। साथै, सो भ्रमण टोलीमा गृह मन्त्रालयका केही कर्मचारी पनि समावेश हुनेछन्।

कोइकाले नेपाल प्रहरीको साइबर ब्युरोको भवन बनाउने प्रक्रिया अघि बढाइरहेको बेला यो भ्रमणलाई महत्वका साथ हेरिएको छ। कोरियाले साइबर सुरक्षालगायतका विषयमा गर्दै आएको कामको विषयमा जानकारी गराउने र सो भ्रमणपछि नेपालले लिने फाइदा बेफाइदका बारेमा जानकारी हासिल गरिने प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *