नेपाल कुरियार सेवा संघको अध्यक्षमा सुवेदी, २३ सदस्यीय नयाँ कार्यकारिणी समिति चयन

डिसी नेपाल
२४ भदौ २०८० १८:३०
96
Shares

काठमाडौं। नेपाल कुरियार सेवा संघको अध्यक्षमा दुर्गाप्रसाद सुवेदी (दिपेश) निर्वाचित भएका छन्।

शनिबार बसेको संघको २९औं वार्षिक साधारण सभा एवम् कार्यकारिणी समितिको निर्वाचनबाट २३ सदस्यीय कार्यकारिणी समिति चयन भएको हो।

निर्वाचनले १५ सदस्सीय कार्याकारिणी समिति, सात सदस्सीय प्रदेश पदेन सदस्य र निवर्तमान गरी २३ सदस्यीय निर्वाचित भएको संघले जनाएको छ।

समितिको वरिष्ठ उपाध्यक्षमा अनिल राजभण्डारी, उपाध्यक्षमा सञ्जय मण्डल, तिलाराज खतिवडा निर्वाचित भएका छन्। महासचिवमा राजकुमार सामरी, कोषाध्यक्षमा कृष्णप्रसाद नेपाल, सचिवमा प्रकाश सुवेदी र कोषध्यक्षमा निञ्जना थापा चयन भएका छन्।

संघको केन्द्रीय सदस्यमा निर्मर राठी, किरण थापा, मीना आचार्य, लक्ष्मण घिमिरे, शौरभ मैनली, निसा आचार्य र रणदीपजंग रायमाझी निर्वाचित भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *