साइकलबाट लडेर कैलालीमा एक जनाको मृत्यु
धनगढी। कैलालीमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको लम्कीचुहा नगरपालिका–४ का ३४ वर्षीय नरेन्द्र थापाको साइकलबाट लडेर नालामा खस्दा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही नगरपालिका–४ गिदिनियामा साइकलबाट लडेर गम्भीर घाइते भएका उनको भल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment