हेटौंडामा नौ क्विन्टल गाँजासहित दुई भारतीय नागरिक पक्राउ

डिसी नेपाल
३१ भदौ २०८० २१:५९
44
Shares

मकवानपुर। सशस्त्र प्रहरी बल १४ नं गढ हेडक्वार्टर मकवानपुरले हेटौंडाबाट ठूलो परिमाणको लागू औषध गाँजा बरामद गरेको छ ।

आज बिहान ४ बजे हेटौँडाबाट भारततर्फ जाँदै गरेको भारतीय एन एल ०१ एसी २१४५ नंको ट्रकबाट नौ क्विन्टल लागुऔषध गाँजा बरामद गरेको सशस्त्रका वरिष्ठ प्रहरी उपरीक्षक अनिल कार्कीले बताए।

विशेष सूचनाका आधारमा सवारी खानतलासी गर्दा हेटौँडा बजार क्षेत्रबाट गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको कार्कीले बताए। बरामद भएको ट्रकको भित्री भागमा फल्स बटन बनाएर गाँजा राखी पुनः वेल्डिङ गरेर लुकाई ल्याएको अवस्थामा गाँजा बरामद गरिएको उनले बताए।

पक्राउ पर्नेमा भारतीय नागरिक भारत बलरामपुर विर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादव र सहचालक योगेश बर्मा रहेको कार्कीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *