सरकारले दिवा खाजा दिएन, विद्यार्थी भोकै पर्न थालेः कांग्रेस सांसद यादव

डिसी नेपाल
१६ असोज २०८० १६:२५

काठमाडौं। नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले बिद्दार्थीको दिवा खाजा रोकिएकोमा आपत्ति जनाएका छन्।

प्रतिनिधि सभाको जारी बैठकमा बोल्दै कांग्रेस सांसद यादवले दिवा खाजा रोकेर सरकारले बालबालिका माथी अपराध गरिरहेको आरोप लगाएका हुन् ।

‘धनुषाको सामुदायिक बिधालयमा दिवा खाजा रोक्का गरिएको छ, गरिबका बिधार्थीले पाउँदै आएको दिवा खाजा रोकिएकाले उनीहरु भोकभोकै परेका छन, यो दिवा खाजा तुरून्त खुवाउन सुरू गरियोस,’ यादवको माग रहेको छ ।

सरकारका कारण जनतामा क्रमशः आक्रोश बढाएले तत्कालै सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.