इजरायलमा रहेका नेपालीको चाँडाे उद्दार गर्न माग

डिसी नेपाल
२१ असोज २०८० १४:४५
52
Shares

काठमाडाैं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले इजरायलमा रहेका नेपालीहरुको छिटोभन्दा छिटो उद्दारका लागि पहलकदमी लिन माग गरेको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकको बिशेष समयमा एमाले प्रमुख सचेतक पदम गिरिले प्रधानमन्त्री प्रचण्डले इजरायलका प्रधानमन्त्रीसँग संवाद गरेर नेपालीहरुको छिटोभन्दा छिटो उद्दार गर्न माग गरेका हुन्। सदनमा आएर घटनाको विवरण मात्रै सुनाएर नपुग्ने भन्दै उनले नेपाली नागरिकहरुको उद्दारका लािग गम्भीर भएर लाग्नुपर्ने बताए।

नागरिकहरुको अभिभावक राज्य भएकाले पिडामा रहेका नेपालीहरुका लागि प्रभावकारी कदम चाल्नुपर्ने उनले बताए। उनले संयुक्त राष्ट्रसंघको बैठक समेत चलिरहेको अवस्थामा नेपालीहरुको भोगेको पिडाका बारेमा पनि नेपालका प्रतिनिधिहरुले राष्ट्रसंघको ध्यानाकर्षण गराउनुपर्ने बताए।

त्यस्तै उनले संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा बिभिन्न अपराधिक कार्यमा संलग्नलाई आममाफी दिने काम गरेको भन्दै यस्तो प्रचलन सदाका लागि अन्त्य गर्नुपर्ने बताए।

रिगल भनिने योगराज ढकाललाई ८ बर्ष नपुग्दै कैद मिनाहा दिने कामले मुलुकमा विधिको शासनको अन्त्य भएको उनको भनाइ छ। गिरिले चाडपर्वका बेला महङ्गी कालाबजारी, सडक अस्तव्यस्त हुँदा पनि सरकार गम्भीर नभएको भन्दै आपत्ति जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *