स्थानीय तहलाई माध्यमिक तहसम्मको शिक्षाको जिम्मा दिनुपर्छ : नगरप्रमुख ब्याञ्जु
काठमाडौं। धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुले माध्यामिक तहसम्मको जिम्मा स्थानीय तहलाई दिनुपर्ने बताएका छन्।
संघीय सरकारका १४ वटा विद्यालय स्थानीय तहमार्फत ल्याएर धुलिखेल नगरपालिकाले सञ्चालन गरिरहेको उल्लेख गर्दै मेयर ब्याञ्जुले माध्यामिक तहसम्मको शिक्षा स्थानीय तहलाई जिम्मा दिनुपर्ने बताएका हुन्।
शिक्षकलाई स्थानीय तहको अधिनमा राख्न नहुने भन्दै देशभरका शिक्षकले राजधानी केन्द्रित आन्दोलन गरेको केही समयपछि मेयर ब्याञ्जुले माध्यामिकत तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई दिनुपर्ने बताएका हुन्।
उनले अहिलेको शासन व्यवस्थाले तीनवटा सरकारको व्यवस्था गरेको उल्लेख गर्दै त्यो मध्ये एउटा सरकारको जिम्मेवारीमा शिक्षा रहेको बताए।
तीनवटा सरकारमध्ये नजिक रहेको सरकारले विद्यालय चलाउने भन्ने प्रावधान रहेको भन्दै उनले नजिक रहेको सरकारको हिसावले पनि स्थानीय तहको मातहतमा शिक्षा भएको जिकिर गरे।
उनले कुन वडाध्यक्षले कुन शिक्षकको सरुवा गर्यो भन्दा पनि कुन शिक्षकले कति पढायो र त्यसले विद्यार्थीलाई कति फाइदा भयो भन्ने कुरा महत्वपूर्ण भएको दाबी गरे।
मेयर ब्याञ्जुसँग गरिएको भिडियो वार्ता







डिसी नेपाल







Facebook Comment