भक्तपुरबाट लागुऔषधसहित एक युवक पक्राउ

डिसी नेपाल
२४ असोज २०८० १३:३९
252
Shares

भक्तपुर। भक्तपुर नगरपालिका-२ सानोव्यासी औद्योगिक क्षेत्र अगाडि सवारीसाधनहरुको चेकजाँच गर्ने क्रममा एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको चेकिङ टोलीले विभिन्न सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा देकोचाबाट कालोपाटीमोडतर्फ जाँदै गरेको बा. प्रदेश ०२–०३४ प. २३२५ नं. को स्कुटी चालक भक्तपुरकै सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक बस्ने वर्ष २८ को सुशान्त अवाललाई पक्राउ गरेको हो।

उनको स्कुटीको डिकीबाट नोर्फिन- ४५ एम्पुल, डाईजोपाम- ४५ एम्पुल, फेनेरागन- ४५ एम्पुल, प्रयोग नभएको सिरिन्ज- १ थान र प्रयोग भएको सिरिन्ज -६ थान फेला परेको प्रहरीले जनाएको छ । लागुऔषध फेलापारी स्कुटीसहित नियन्त्रणमा लिई परिसर भक्तपुरमा राखिएको परिसरका सूचना अधकिृत बसन्त पाठकले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *