डेंगु संक्रमण भएपछि उपराष्ट्रपति यादव अस्पताल भर्ना
काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ। डेंगु संक्रमण पुष्टि भएपछि उनी नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन्।
सोमबारदेखि नै स्वास्थ्य समस्या देखिए पनि उपराष्ट्रपति यादव बुधबार साँझ सिभिल अस्पतालमा भर्ना भएका हुन्। निवासमै उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो।
उपराष्ट्रपति यादवको उपचार विदेश विष्ट र निजी चिकित्सक शिवजी लम्सालसहितको टोलीले गरिरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment