कोशी कांग्रेसमा किचलो बढयो
काठमाडौैं। कोशी प्रदेशमा नेपाली कांग्रेस भित्र किचलो थप बढेको छ। कोशी सरकार निमार्णको सबालमा नेपाली कांग्रेसको एउटा समूहले बिद्रोह गरेपछि आन्तरिक किचलो थप बढेको हो। जसका कारण एक अर्कालाई कारबाही गर्नेसम्मका कुरा सुरु भएका छन्।
कोशी सरकारको भावी नेतृत्वका लागि शेखर कोइराला पक्षधरले नेकपा एमालेको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दावी गरे पछि कांग्रेसमा किचलो देखिएको हो। कार्की समूहले गरेको बिद्रोहका बारेमा निर्णय लिनका लागि कांग्रेस संसदीय दलको बैठक आज बोलाइएको छ।
बिहान ११ बजेदेखि सुरु हुने उक्त बैठकले कार्की समूहलाई कारबाही गर्ने कि नगर्ने भन्नेमा निर्णय लिने जनाइएको छ। तर, कार्की समूहले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सांसदलाई पार्टीको ह्वीप नलाग्ने भएकाले आफूहरूलाई कारबाही गर्न नसक्ने जनाउँदै आएका छन्।
ओली सरकारमाथि परमादेश दिँदा नै ह्वीप नलाग्ने बिषयमा ब्याख्या भएको तर्क गर्दै कांग्रेस संसदीय दलले कारबाही गर्न नसक्ने भएकाले आजै कार्कीले मुख्यमन्त्री नियुक्ती हुने विश्वास ब्यक्त गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment