तनहुँ नै पुगेर अन्तर्राष्ट्रिय तनहुँ समाजको घोषणा सभा

डिसी नेपाल
२८ असोज २०८० ९:५७

तनहुँ। अन्तर्राष्ट्रिय तनहुँ समाजको घोषणा सभा तथा प्रमाणपत्र वितरण कार्यक्रम तनहुँमै पुगेर गरिएको छ।

तनहुँ स्थायी घर भई विश्वका विभिन्न देशहरु बसोबास गरिरहेकाहरुको एक भेलाले अमेरिका निवासी राजन त्रिपाठीको नेतृत्वमा सो समाजको गठन केही हप्ताअघि गरेको थियो। असोज २७ गते तनहुंमै भएको बृहत कार्यक्रममा सो समाजका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको हो।

कार्यक्रममा तनहुँ क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य एवम् पूर्व मन्त्री शंकर भण्डारीले प्रमाणपत्र वितरण गर्दै जिल्लामा प्रशस्त सम्भावना हुँदाहुँदै पनि अपेक्षित विकास हुन नसकेको बताए। उनले तनहुँको विकासमा संसारमा जुनसुकै कुनामा बस्ने भए पनि तनहुँका सन्ततिहरुले योगदान दिनुपर्ने धारणा राखे। उनले देशको नेतृत्व पनि सही नभएको धरणा राखे।

कार्यक्रममा विभिन्न पार्टी र निकायका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए।

गण्डकी प्रदेशका पूर्व मन्त्री दोबाटे बिक, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, ऋषिङ गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापा, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, नेकपा माओवादीका रामचन्द्र सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका अध्यक्ष बिकास सिग्देल, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अबदेश बिष्ट क्षेत्री, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्ले लगायतले सामाजिक एकताका लागि अनुरोध गर्दै अन्तर्राष्ट्रिय तनहु समाजलाई सफलताको शुभकामना दिएका थिए।

समाजका अध्यक्ष त्रिपाठीले राजनीतिबाट टाढा रहेर साझा संस्थाका रुपमा तनहुं र संसारभरि बस्ने तनहुँका जनको हीतका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

महासचिव रविचन्द्र भट्टराई, संरक्षक कृष्णजीवि पन्थलगायतले प्रवासमा बस्ने तनहुँवासीहरुको ज्ञान सीपलाई प्रयोग गरेर तनहुँको संमृद्धिका लागि काम गर्ने धारणा राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *