सेयर बजार एकल अंकले ओरालो
काठमाडौं। सेयर बजार बुधबार एकल अंकले ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक ५.८३ अंक घटेर १८५८.५६ विन्दुमा झरेको छ।
बुधबार २९६ स्टकको ७७ हजार ८७० पटकको कारोबारमा ८१ करोड २० लाख ८९ हजार २९१ रुपैयाँ बराबरको ३३ लाख ६४ हजार कित्ता सेयर किनबेच भएको छ ।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंक घटेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment