प्रधानमन्त्री दाहाल बुटवल जाँदै
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बुटवल जाँदैछन्। आम्दा अस्पतालको २५ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्नका लागि प्रधानमन्त्री दाहाल आज बुटबल जान लागेका हुन्।
आम्दा नेपाल, तत्कालीन बुटवल नगरपालिका र बुटवल उद्योग वाणिज्य संघबीच त्रिपक्षीय लगानीमा निर्माण भएको उक्त अस्पताल ५० शैया बनाइएको थियो। तर, अहिले सो अस्पतालको क्षमता विस्तार गरी २ सय शैयाको बनाउने भए पछि प्रधानमन्त्री प्रचण्डले नयाँ भवनको शिलन्यास गर्नेछन्।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयका अनुसार प्रधानमन्त्री प्रचण्डले अस्पतालको थप २०० शय्या भवनको शिलान्यास र शैक्षिक कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment