मन्त्रिपरिषद बैठक जारी : संसद अधिवेशन अन्त्यकाे तयारी
काठमाडौं। संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य गरिने भएको छ। संसदको जारी अधिवेशन अन्त्य गर्ने निर्णय लिनका लागि मन्त्रिपरिषद् बैठक जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा जारी बैठकमा संसद अधिवेशन अन्त्य गर्ने प्रमुख अजेन्डामा छलफल भइरहेको छ।
गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा बिहीबारदेखि संसदको अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment