तार्जन गुरुङले जिते डिशहोमको एक लाख पुरस्कार

डिसी नेपाल
१६ कार्तिक २०८० १४:३९

काठमाडाैं। डिशहोमको हरेक हप्ता ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत तार्जन गुरुङले एक लाख रुपैयाँको पुरस्कार जितेका छन्।

गत सोमबार भएको ‘लक्की ड्र’ मार्फत उनले नगद एक लाख जितेका हुन्। नेपालकै अग्रणी डिटिएच सेवा प्रदायक डिशहोमले दशैं-तिहार लक्षित ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना ल्याएको हो।

यस योजनाअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता ‘लक्की ड्र’ मार्फत नगद एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन्।

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन्। जसमा नगद १० लाख, मिडियामा प्रसिद्धि र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन्। यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ।

गत १ असोजमा सुरु भएको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान सीमित अवधिका लागि नेपालभर सञ्चालन भइरहेको डिशहोमले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *