सिटी एक्सप्रेसको उपहार योजनाअन्तर्गतको १ लाख पुरस्कार स्वादेन लिम्बूलाई

डिसी नेपाल
१६ कार्तिक २०८० २१:२१

काठमाडौं । स्वादेन लिम्बूले सिटी एक्सप्रेसको १ लाख रुपैयाँ जितेका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैंतिहार र छठलाई लक्षित गरी लगातार ६१ दिनसम्म चल्ने गरी सुरु गरेको ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजनाअन्तर्गतको पहिलो विजेता लिम्बू बनेका हुन् ।

लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही १ लाख, हरेक हप्ता ५ जनालाई जनही २५ हजार साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेतालाई जनही ५०० रुपैयाँको वालेट टप अप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा उल्लेख छ ।

सोही योजनाअनुरुप अहिलेसम्म ३ हजार १ सय जनाले ५०० रुपैयाँको वालेट टप अप तथा २० जना साप्ताहिक विजेताले जनही २५ हजार जितिसकेका छन् भने १ जना भाग्यशाली मासिक विजेताले १ लाख जित्न सफल भएका छन् । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा बेलायतबाट रेमिट्यान्स पठाउने लिम्बूले १ लाख जितेका हुन् ।

कम्पनीका अनुसार यो योजना असोज १५ देखि मंसिर १५ सम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ । सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधा प्रदान गर्दै आइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *