गृह मन्त्रालयअन्तर्गतका ४० उपसचिवको जिम्मेवारी हेरफेर

डिसी नेपाल
१७ कार्तिक २०८० ६:४४
44
Shares

काठमाडौं। गृह मन्त्रालय अन्तर्गतका ४० उपसचिवको जिम्मेवारी हेरफेर गरिएको छ। गृहले बिहीबार सूचना प्रकाशित गरी मापदण्ड पुगेका र सरुवा मागेकामध्ये ४० जनाको जिम्मेवारी हेरफेर गरेको जानकारी गराएको हो।

सरुवा अन्तर्गत ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन्। गृहले प्रमुख जिल्ला अधिकारी बनाएर वेदनिधि खनाललाई रसुवा, विश्वमित्र कुइँकेललाई बझाङ, खिमराज भुसाललाई दैलेख, टोपेन्द्रबहादुर केसीलाई मुगु, गणेश नेपालीलाई कालिकोट र विनोद पोखरेललाई हुम्ला पठाएको छ।

त्यसैगरी, मनाङमा सुवास लामिछाने, ताप्लेजुङमा हिरादेवी पौडेल, म्याग्दीमा कृष्णप्रसाद शर्मा, सोलुखुम्बुमा खेवी पाण्डे खत्री र डोल्पामा तुलसीप्रसाद दाहाललाई पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *