राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत
काठमाडौं। मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले १२ कात्तिकबाट गर्ने फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत गरेका सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
सिंहदरबारमा शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले राष्ट्रपति पौडेलले पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन र सो पश्चात जर्मनी र इटालीको भ्रमण गर्न कार्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरि मंसिर १ गते स्वदेश फर्कने भ्रमण स्वीकृत गरेको जानकारी दिएकी हुन् ।
No ads found for this position
Facebook Comment
प्रतिक्रिया

डिसी नेपाल
मन्त्री परिषद्ले राष्ट्रपतिको भर्मण स्वीकृत गर्नु सरकार गलत हाे,गम्भीर अपराधीलाई राज्यको पर्चलित कानुन मिचेर कैद मुक्त गर्ने राष्ट्रपति सरासर दाेसि हुन ,उनले तत्काल पदबाट राजिनामा गरेर मार्ग पर्सस्त गरि नयाँ जनमत संगर्हबाट निस्कलंकित ,कानुन काे संरक्षण गर्ने याैटा देशको असल अभिभावक छनाैट गर्नुपर्नेमा बिदेश भर्मण गराएर यस्तो कलंकीत माथि राज्यको सम्पत्ति दाेहन गर्नु सरकार काे सरासर गलत निर्णय हाे।