प्रधानमन्त्रीद्वारा भूकम्प पीडितको उद्धार र राहतमा जुट्न अपिल

डिसी नेपाल
१८ कार्तिक २०८० ७:१७
44
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पमा परी घाइतेहरूको उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले भनेका छन्, ‘‘जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको छु। घाइतेहरुको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्। उद्धार एवं राहतमा जुट्न सबैमा अपील गर्दछु।’’

भूकम्पमा परी जाजरकोटमा ३७ र रुकुममा ३६ गरी ७३ जनाको मृत्यु भइसकेको छ।

भूकम्पका कारण सयौँ मानिसहरु घाइते भएका छन्। मृतक र घाइतेहरुको थप विवरण आउन बाँकी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *