भूकम्प पीडितको उद्धार तथा राहतका लागि गृह मन्त्रालयमा आकस्मिक बैठक जारी
काठमाडौं। भूकम्प पीडितको उद्धार तथा राहतका लागि गृह मन्त्रालयमा आकस्मिक बैठक जारी रहेको छ।
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भए पछि गृह मन्त्रालयमा आकस्मिक बैठक बोलाईएको हो ।
उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा निकायका प्रमुख अधिकारीहरुसहित गृह मन्त्रालयका उच्च पदाधिकारी बैठकमा उपस्थित रहेका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment