भूकम्प पीडितका लागि एनआरएनएको स्वास्थ्य हटलाइन सेवा (सम्पर्क नम्बरसहित)

डिसी नेपाल
२० कार्तिक २०८० १०:३९
24
Shares

लण्डन। जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको लागि स्वास्थ्य सल्लाह दिने उदेश्यले गैरआवासीय नेपाली संघले हटलाइन सेवा संचालनमा ल्याएको छ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा। संन्जिव सापकोटाका अनुसार पिडितहरुले फोन, भाइभर, ह्वाट्सअप वा टेक्स्ट मार्फत सिधैं स्वास्थ्य विज्ञहरुसंग सम्पर्क गर्न सक्ने छन्। संघले सेन्टर फर अमेरिकन मेडिकल स्पेशलिस्ट र एयसके फाउण्डेनशनको सहकार्यमा २४ सै घण्टा सो सेवा संचालनमा ल्याएको हो।

यसअघि संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा भूकम्प पिडितको लागि राहत वितरण गर्न संघको टोली जाजरकोट तथा पश्चिम रुकुम तर्फ लागेको छ । संघले पहिलो चरणमा १ करोड बराबरको रातकोष स्थापना गर्ने निर्णय गरेकोछ ।

स्वास्थ्य सेवा सम्बन्धी हटलाइनहरु
डा. भूपेन्द्र मल्ल ९८४९६७९३०७
डा. शिवराम महतो ९८५२८३४७३०
डा. उज्जवल कुमार झा ९८६७३२५५५५


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *