५०० रूपैयाँले घट्यो सुनको मूल्य

डिसी नेपाल
२० कार्तिक २०८० १३:२०

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य ५०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन १ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन तोलाको एक लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुन तोलाको १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *