सामान्य अंकले बढ्यो सेयर बजार
काठमाडौं। सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ५.१७ अंक बढेर १८६३.९४ विन्दुमा पुगेको छ ।
सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ।
२८८ स्टकको ३० हजार ३६४ पटकको कारोबारमा ७८ करोड २७ लाख ४३ हजार २६४ रुपैयाँ बराबरको ३१ लाख ५७ हजार ६२ कित्ता सेयर किनबेच भएको छ ।
ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.०७ प्रतिशत बढ्दा पिपुल्स हाइड्रोपावर कम्पनी र नेपाल एसबिआई बैंकको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ।
१३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। बाँकी १ उपसमूहको परिसूचक स्थिर रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment