काभ्रे भीरमा मोटरसाइकल दुर्घटना, जर्मन नागरिकको मृत्यु

डिसी नेपाल
२४ कार्तिक २०८० १९:३७
376
Shares

पोखरा । मुस्ताङको जोमसोम जाँदै गरेका एक जर्मन नागरिकको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ।

पोखरादेखि मोटरसाइकलमा जोमसोम जाँदै गरेका जर्मन नागरिक म्याट्रेड विको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बेनी–जोमसोम सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका ३ काभ्रे भीरबाट मोटरसाइकल अन्दाजी ८० मिटर तल कालीगण्डकीमा खसेको प्रहरीले जनाएको हो।

सडकदेखि करिब ६० मिटर तल भीरमा अल्झेको अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो । चार जना स्पेनिस र ११ जर्मन गरी १५ जना मोटरसाइकल राइडर बिहीबार पोखराबाट बेनी हुँदै मुक्तिनाथ यात्रामा गएका म्याग्दीका प्रहरीकाे भनाए छ।

जर्मन नागरिकको मृत्यु भएपछि सनाखत गर्न राइडर शुक्रबार बेनी अस्पताल पुगेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *