माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त
काठमाडाैं। माछापुच्छ्रे बैंक अध्यक्षामा राेशन केसी नियुक्त भएका छन्। बैंकको बिहीबार बसेको ४९१ औ संचालक समितिको बैंठकले केसीलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हाे।
बैंकका निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै केसीलाई नयाँ अध्यक्षमा चयन गरेको हो।
केसी विगत ९ वर्ष देखि माछापुच्छ्रे बैंकमा आबद्ध भई २०७४ वैशाख १४ देखि २०७५ पुस २० सम्म यही बैंकका अध्यक्ष थिए। हाल अध्यक्षमा नवनियुक्त हुनु अघि उनी यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए।
उनी एक सफल युवा व्यवसायीको रुपमा संस्थापित भई हाइड्रो , कन्स्ट्रक्सन , बैंक तथा वित्तीय संस्था एवम् अन्य क्षेत्रमा आबद्ध रहँदै आएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment