गणतन्त्रको बिकल्प पुरानो व्यवस्था हुन सक्दैन : महेश बस्नेत
काठमाडाैं। नेकपा एमालेका युवा नेता महेश बस्नेतले आफूहरुको आन्दोलन परिवर्तनको रक्षाका लागि भएको बताएका छन्।
युवा संघले काठमाडौंको तीनकुनेमा आयोजना गरेको विरोध प्रदर्शन अघि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले अहिले बिभिन्न आन्दोलनबाट प्राप्त परिवर्तनमाथि चुनौती खडा गर्ने प्रयास प्रतिगामी तत्वबाट हुन खोजेको भन्दै त्यसको बिरुद्ध आफुहरुको आन्दोलन केन्द्रीत रहेको बताएका हुन्।
उनले गणतन्त्रको बिकल्प पुरानो व्यवस्था हुन नसक्ने दाबी गरे। कथित राजतन्त्रबादीहरु गणतन्त्र ढाल्ने हल्ला गरेको र दुर्गा प्रसाईजस्ता मान्छेलाई अघि सारेर अनावश्यक बहस सिर्जना गर्न खाजेको उनको भनाइ छ।
त्यस्तै बस्नेतले राजनीतिक आग्रहका आधारमा सरकारले काम गर्न खोज्ला भ्रष्टाचार अन्त्य हुन नसकेको र सुशासन कायम हुन नसकेको बताए।
उनले अहिलेको व्यवस्थामा देखिएका कमीकमजोरीलाई सुधार गर्दै बलियो बनाउदै अघि बढ्नुपर्ने बताए। गणतन्त्रिक व्यवस्थामाथि आक्रमण हुँदा सवै भन्दा पहिला एमाले आक्रामक हुने उनले बताए।







डिसी नेपाल







Facebook Comment