उदयपुरमा वनभोज गएको बस दुर्घटना, तीन जनाको मृत्यु

डिसी नेपाल
९ मंसिर २०८० १७:५०
64
Shares

काठमाडौं । उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।

उदयपुरको त्रियुगा नगरपालिका-५ देउरीको एक निजी विद्यालयको बस भाडामा लिएर स्थानीय बासिन्दा वनभोज गएका थिए। उनीहरू सवार बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

ज्यान गुमाउनेहरुमा बसका चालक ४० वर्षका भिखन चौधरी, ६ वर्षकी सम्या चौधरी र ७ वर्षका विकास चौधरी रहेका जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्द चौधरीले जानकारी दिए।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका १२ जनालाई थप उपचारको लागि विराटगर पठाएको प्रहरीको भनाइ छ। बसमा सवारमध्ये थप ३२ जना केही सामान्य घाइते भएर जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *