सीताराम विवाह पञ्चमीको तेस्रो दिन ‘धनुष यज्ञ’ सम्पन्न

डिसी नेपाल
२८ मंसिर २०८० २२:०४
24
Shares

जनकपुरधाम । जनकपुरधाममा जारी सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महामहोत्सवको तेस्रो दिन बिहीबार ‘धनुष यज्ञ’ सम्पन्न भएको छ ।

आज दिउँसो ४ बजेदेखि जानकी मन्दिर परिसरमा सुरु भएको धनुष यज्ञ प्रतियोगितामा अयोध्याका राजा दशरथ पुत्र रामचन्द्रको स्वरुपमा सजिएका कलाकारले धनुष उचालेर टुक्रा पारेसँगै यज्ञ सम्पन्न भएको जानकी मन्दिरका सहमहन्थ रामनरेश दासले बताए ।

त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीतासँग स्वयम्बरका लागि राखेको ‘शिव धनुष यज्ञ’ प्रतियोगितामा राजा दशरथका छोरा रामचन्द्रले तीन टुक्रा पारेको किंवदन्तीअनुसार यज्ञ सम्पन्न भई सीतारामबीच माला साटासाट भएको पनि उनले जानकारी दिए ।

सप्ताहव्यापीरूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन मङ्गलबार साँझ जानकी मन्दिर परिसरमा ‘नगर दर्शन’, दोस्रो दिन बुधबार विवाह मण्डपको बगैँचामा फूलबारी लीला बिहीबार धुनुष यज्ञ सम्पन्न भएको हो ।

चौथो दिन शुक्रबार तिलकोत्सव, पाँचौँ दिन मटकोर तथा पूजा कार्यक्रम र छैटौँ दिन अर्थात् पुस १ गते रङ्गभूमि मैदान बाह्रघिमा सीतारामको विवाह कार्यक्रम सुसम्पन्न भएपछि पुस २ मा रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्ने कार्यक्रम छ । अयोध्याका राजा दशरथका छोरा भगवान् श्रीराम र मिथिलाका राजा जनककी छोरी सीताको विवाह भएको स्मरणमा मिथिलावासीले यसलाई हरेक वर्ष विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *