बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार
बझाङ । बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। जयपृथ्वी नगरपालिका–११ की ३२ वर्षीया सुनिता थापाको आज (सोमबार) हेलिकोप्टरबाट उद्धार गरिएको हो।
आइतबारदेखि उनलाई सुत्केरीव्यथा लागेर अत्याधिक रक्तश्राप भएपछि आज बिहान ११ बजे नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत लगिएको बझाङ प्रहरी प्रमुख भरत शाहले बताए। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पताल लगिएको वडाध्यक्ष सर्जनबहादुर थापाले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment