पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण

डिसी नेपाल
८ पुष २०८० ६:४४
52
Shares

झापा। झापाको शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ।

यहाँ आउने पर्यटकको सजहताका लागि दोमुखास्थित नुनमाटी खोलामा ट्रस ब्रिज निर्माण गरिएको हो। यो ट्रस ब्रिज रु ३३ लाख ७५ हजार आठ सय ७१ को लागतमा निर्माण भएको हो।

संघीय झोलुंगे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत २८ लाख ६९ हजार चार सय ९०, शिवसताक्षी नगरपालिकाको चार लाख ३८ हजार आठ सय ६३ र जनसहभागिता ६७ हजार पाँच सय १७ रहेको नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिए।

चौबिस मिटर लामो ट्रस ब्रिज निर्माणमा प्राविधिक सहयोग सहारा नेपालले प्रदान गरेको उनले बताए। ट्रस ब्रिज निर्माणपश्चात् दोमुखमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुने अपेक्षा गरिएको उनले बताए।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको दोमुखामा पर्यटक लक्ष्यित सडकलगायत पूर्वाधार निर्माण भइरहेका छन्। यहाँ नगरपालिकासँगै प्रदेश र संघीय सरकारले पुल,सडकलगायत अन्य भौतिक पूर्वाधार निर्माणमा लगानी गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *